बालेन शाहको फराकिलो अग्रता कायमैस् सिर्जना पछि-पछि, केशव तेस्रोमा

 ग्लोबल टिभि           0

जेठ १०-काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन्।

१ लाख ४५ हजार ३६२ मत गणनामा शाहले ४९ हजार ३५८ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत पाएकी छन्। यस्तै तेस्रोमा झरेका नेकपा एमालेका केशव स्थापितले २९ हजार २८४ मत पाएका छन्।

महानगरको १, २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ र ३२ वडाको मतगणना सकिएको छ। राष्ट्रिय सभागृहमा अहिले वडा नम्बर १३ १४ १५ १६ १८ १९ २० २१ र २२ को मत गणना जारी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म पूर्ण मत बदर संख्या ५६४३ रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *