स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

 ग्लोबल टिभि           0

जेठ ११– काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् ।

अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् ।

यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *