आयल निगम घेराउ गर्‍यो नेविसंघले 

 ग्लोबल टिभि           0

जेठ ११– सत्तारुढ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आयल निगम घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले निगममा घेराउ गरेको हो ।

निगमको कार्यालय पुगेका नेविसंघमा आवद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामासमेत माग गगरेका छन् ।

आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।
आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ तोकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *