जेठ ११– कटारी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएक छन् ।
बुधबार सकिएको मतगणना अनुसार उनी ६ हजार ४१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार ९५२ मत पाए ।
कटारीमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको थियो । मेयर पदको उम्मेदवारी नपाएपछि माओवादी केन्द्रका नेता बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निवर्तमान मेयरसमेत रहेका नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ पाँच हजार ७१५ ल्याउँदै तेस्रो स्थानमा रहे ।
उपप्रमुखमा भने नेकपा एमालेकी गीता खड्का ६ हजार ४१३ मतका साथ निर्वाचित भइन् । उनक निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनोदकुमार कटुवाललाई तीन हजार ८२१ मत मात्र पाए ।
१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष काङ्ग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) र १ वटा नेकपा (माओवादी केन्द्र) ले जितेको छ ।
वडा नं. १० मा मतगणनाका दिन प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो भने एकजना घाइते भएका थिए । सोही घटनाका कारण कटारीको गणना ढिला भएको थियो । वडा नं. ११ का विजयी वडाध्यक्ष हायु सीमान्तकृत जातिमा पर्दछन् ।
Leave a Reply