युवाको प्रतिनिधित्व ४० प्रतिशत भन्दा माथि पुग्यो

 ग्लोबल टिभि           0

विनोद जेठ ११– स्थानीय तह चुनावमा अन्तिम परिणाम आउने क्रममा छ । केही स्थानीय तह बाहेक अधिकांस स्थानीय तहको मतपरिणाम आइसकेको छ । यसअघिका निर्वाचनमा युवा जनप्रतिनिधिको निर्वाचित संख्या थोरै भएको आवाज उठिरहँदा यस्पटक भने युवा जनप्रतिनिधिको निर्वाचितको संख्या ४० प्रतिशत भन्दा माथि रहेको छ ।

संघीयता कार्यान्वयनपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको मतरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । मतपरिणाम आउने क्रम सकिनै लाग्दा अधिकांश स्थानीय तहका जनप्रतिनिधिले कार्यभार समेत सम्हालेका छन् । निर्वाचन आयोगका अनुसार ९८ प्रतिशत भन्दा बढि ठाउँका स्थानीय तहले नयाँ जनप्रतिनिधि पाइसकेका छन् । पछिल्लो समय पाका जनप्रतिनिधिले काम गर्न नसकिरहेको भन्ने आवाज उठिरहेका बेला यसपटकको निर्वाचनमा युवा जनप्रतिनिधिको बाहुल्यता उल्लेख्य देखिएको छ । जसले अब राजनीतिमा युवाको सहभागिता समेत बढ्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै ४४ प्रतिशत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन् । २७ प्रतिशत जनप्रतिनिधिसहित एमाले दोस्रोमा छ । १६ प्रतिशत जनप्रतिनिधिसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यस्तै जनता समाजवादी पार्टीले ४ प्रतिशत जनप्रतिनिधि जितेको छ भने नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दुवैले समान तीन तीन प्रतिशत भन्दा कम जनप्रतिनिधि जितेका छन ।

स्थानीय सरकारमा यसपालि ठूलो संख्यामा युवा जनप्रतिनिधि निर्वाचित भएका छन । ४० वर्ष मुनिका जनप्रतिनिधि ४१ प्रतिशत रहेका छन । सबैभन्दा धेरै युवा जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भएका छन । यसपालि २१ देखि ३० वर्षका जनप्रतिनिधि नै ३३ सय ८० जना चुनिएका छन । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका १० हजार ८ सय ५० जना चुनिएका छन । यी दुई उमेर समूहलाई एक ठाँउ राख्ने हो भने सबैभन्दा धेरै जनप्रतिनिधि अर्थात ४१ प्रतिशत यसै समूहबाट निर्वाचित भएका छन ।

त्यसले हाम्रो स्थानीय सरकारमा युवा जनप्रतिनिधिको बढ्दो उपस्थितिलाई देखाउँछ । दश वर्षको उमेर समूहलाई मात्र हेर्ने हो भने सबैभन्दा धेरै जनप्रतिनिधि ४१ देखि ५० वर्ष उमेर समूहका छन । यो समूहका प्रतिनिधि १० हजार ९ सय ९० जना छन । जनप्रतिनिधि उठ्न कम्तिमा २१ वर्ष पुगेको हुनुपर्छ । झण्डै १ लाख ५० हजार उम्मेदवारहरु मध्ये ४० हजार बढि जनप्रतिनिधि चुनिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *