जेठ १२-काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार मत कटाएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। मत गणना गर्न बाँकी भएपनि काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित गरेका छन्।
बिहीबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५९ हजार १४९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन्। बालेन्द्रले सिर्जनालाई २१ हजार ६०७ मतान्तर बनाएर अग्रता कायम गरेका छन्।
सिंहले समेत एमालेका उम्मेदवार केशव स्थापतिलाई पछि पारेकी छन्। स्थापितले ३७ हजार २१८ मत पाएका छन्।
काठमाडौं महानगरको उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले जीत सुनिश्चित गरेकी छन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन्। सुनिताले ६४ हजारभन्दा बढी मत ल्याइसकेकी छन्। श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित गरेकी छन्।
३२ वडा रहेको काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। हाल वडा नम्बर १४, १५ र १६ गणना सकिन बाँकी रहेको छ।
Leave a Reply