गठबन्धनको विदेश नीति ‘क्रस रोड’मा छ : ओली

 ग्लोबल टिभि           0

जेठ १२-एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले असन्तुलित र छद्मा परराष्ट्र नीति अवलम्बन गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको चर्चा गर्दै विदेश नीतिको सवालमा गठबन्धन क्रस रोडमा रहेको बताए । ‘विदेश नीतिको सवालमा गठबन्धन क्रस रोडमा रहेको छ । जे सुविधा हुन्छ त्यही गर्ने यसको नीति हो’, ओलीले भने, ‘नेपालको अखण्डता र नेपालीको स्वाभिमानका लागि यो दुर्भाग्यपूर्ण छ ।’

उनले छिमेकी मित्रराष्ट्रहरुसँगका नीति स्पस्ट र इमान्दार हुनुपर्ने भन्दै नेपाली भूमि कसैका लागि प्रयोग हुन नदिने अडानमा सरकार रहनुपर्ने पनि बताए । उनले परराष्ट्र नीति पारस्परिक लाभ र सम्मानमा आधारित स्वतन्त्र र तटस्थ हुनुपर्ने बताए । उनले गठबन्धन सरकारले बैदेशिक मामिला सञ्चलन गर्दा सिंगो राष्ट्रको प्रतिनिधित्व गर्न नसकेको पनि बताए ।

‘राष्ट्रको अखण्डता र स्वाधिनताको संरक्षण गर्ने आँट अहिलेको गठबन्धनसँग छैन । यसले त केवल गठबन्धनको प्रतिनिधित्व गरेको छ र सत्ता स्वार्थ र त्यसको संरक्षणमा मात्रै ध्यान छ’, ओलीको भनाइ छ । उनले गम्भीर परराष्ट्रका विषयमा सहमति र संवाद गर्नुपर्नेमा सरकार उल्टो बाटो हिँडिरहेको बताए । ‘कम्फरटेवल हुने बाटो बाहेक यसले समातेन’, ओलीले भने, ‘छिमेकी मित्र राष्ट्रहरुको संवेदनशीलता मर्ममाथि गैरजिम्मेवार र पक्षधरताको नीति यस गठबन्धनले लिएको छ ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *