निजगढ विमानस्थल रोक्ने सर्वोच्चको फैसलाले संकट ल्याउँछ : शंकर पोखरेल

 ग्लोबल टिभि           0

जेठ १२– विकासविरोधी काम भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दिने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत भएको बताएका हुन्।

पोखरेलले सामाजिक सन्जाल ट्विटरमार्फत सर्वोच्चको फैसलामा आपत्ति प्रकट गरेका हुन्।

सर्वोच्चको यो फैसला कार्यकारी (सरकार)को काममा हस्तक्षेप भएको पनि उनले बताएका छन्।

बिहीबार मात्रै निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय सर्वोच्चले बदर गरेको थियो।

सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले यस्तो फैसला सुनाएको थियो।

पूर्ण इजलासको उत्प्रेषणको आदेशले निजगढ विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *