नेपाल दलित मुक्ति संगठनको संसद विघटनविरुद्ध सडक अन्तरक्रिया कार्यक्रम

 ग्लोवल टि.भी.      आइतवार, माघ २५, २०७७      0

नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया आयोजना गरेको छ ।

आइतबार माइतीघरमा संगठनले सडक अन्तरक्रिया गरेको हो । विरोध ¥यालीसहित संगठनले सरकारको ‘असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध’ सडक अन्तरक्रिया गरेको जनाएको छ ।

नेपाल दलित मुक्ति संगठनको सहइन्चार्ज दलजित श्रीपाईलीले प्रधानमन्त्रीले संविधान मिचेकाले आन्दोलन गर्नुपरेको बताए । उनले प्रधानमन्त्रीको कदमले आफुहरुको अधिकार हनन भएकाले अधिकार स्थापीत गर्न सडकमा आउनुपरेको धारणा राखे ।

आफ्नो अधिकार खोसिएको महसुर गरिएकाले र गणतन्त्रको रक्षा गर्नका लागि सडकमा आएको उनको भनाई छ ।
सहभागीहरुले संसद पुर्नस्थापना गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *