ग्लोबल टिभि
0
जेठ १४-सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् ।
शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटा समक्ष आगामी बर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराए । सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए ।
उक्त अवसरमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधु कुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो ।
Post Views: 945
Leave a Reply