ग्लोबल टिभि
आइतवार, माघ २५, २०७७
0
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अझै बस्न सकेको छैन । कार्यव्यवस्था तथा परामर्श समितिको बैठक भने सकिएको छ । बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची तय गरेको हो ।
‘नेपालको संविधानको धारा १८८(४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव ऐ.नियमावलीको नियम १२९(४) बमोजिम पेश हुने’ प्रदेश सभाको दैनिक कार्यसूचीमा भनिएको छ । प्रदेश सभा बैठक केही बेरमा बस्ने बताइएको छ ।
Post Views: 1,319
Leave a Reply