प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्ष निकट अनेरास्ववियूले आइतबार सिंहदरबार घेराउ गरेका छन् ।
पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने तयारी गरेका उनीहरुले प्रधानमन्त्रीले समय नदिएपछि सिंहदरबार नजिक हनुमानथानमा विरोधप्रर्दशन गर्दै सिंहदरबार घेराउ गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम चलाउ सरकारको संज्ञा दिँदै विज्ञप्ति प्रदर्शनसहित अनेरास्ववियूले तत्काल सरकारी पदबाट हट्न भन्दै सिंहदरबार घेराउ गरेका थिए ।
घेराउ कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सह–संयोजक रञ्जित तामाङले । केपी ओली काम चलाउ प्रधानमन्त्री भएकाले उनी आसेपासे र हनुमानहरुले घेरिएको अरोप लगाए ।
ओली अहिले भ्रष्चाटारीबाट घेरीएको भन्दै विरोध पत्र बुझाउन लागे पनि प्रधानमन्त्रीले आफुहरुसंग भेट्ने आँट नगरेको उहाले बताए।
उहाले जनाताको कर खाएर पार्टीको कार्यक्रममा देश दौडाहा गर्ने मन्त्री तथा सरकारी नेताहरुलाई कारवाही गर्ने चेतावनी दिए।
अखिलले ओली प्रधानमन्त्री बनाउने पार्टी , मतदान गर्ने जनता र प्रधानमन्त्री निर्वाचित गर्ने सार्वभौम संसदलाई छलेर प्रतिगमनतिर लागेको तर्क गरेको छ । सो संगठनले संविधानको सर्वोच्चता र लोकतन्त्रको चिरहरण गर्ने काम भएको भन्दै निरङ्कुस , अलोकतान्त्रिक , असंवैधानिक , पश्चगामी र सर्वसत्तावादी कदमवाट पछि हट्न सुझाव दिएको छ ।
Leave a Reply