पार्टी नेतृत्वमा युवाहरु नआए पार्टीको भविष्य अप्ठेरोमा पर्छ : उपप्रधानमन्त्री

 ग्लोबल टिभि           0

सरकारका उपप्रधानमन्त्री एवं नेकपा ओलीपक्षका नेता ईश्वर पोखरेलले पार्टी नेतृत्वमा युवाहरु नआए पार्टीको भविष्य अप्ठेरोमा पर्ने बताएका छन् ।
आइतबार ललितपुुरमा राष्ट्रिय युवा संघ नेपालको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले अव पार्टी नेतृत्वमा ३० प्रतिशत युवाहरु अनिवार्य गरिने समेत बताए।

उनले युवाहरुलाई पार्टी नेतृत्वमा ल्याउन आफुले वकालत गर्ने समेत बताए।

उनले पार्टीभित्रको बिभाजनकारीलाई हटाउदै अन्यलाई गोलबन्द गराउदै लैजाने अहिलेको मुख्य ध्यय रहेको जिकिर गरे । उनले पार्टीबाट बाहिरिनेबाहेक अन्यलाई उपयुक्त समयमा व्यवस्थापन गर्र्दै लैजाने उल्लेख गरे । पोखरेलले अहिलेको लडाई बिचारको लडाई भएको भन्दै गलत बिचारसंग सम्झौता नगर्ने स्पष्ट पारे ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *