प्रतिपक्षीलाई पनि चुलो बाँड्न सँगै लिएर जाउँला: अर्थमन्त्री

 ग्लोबल टिभि           0

वैशाख १८– अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको प्रस्ट पारेका छन् ।

राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताए ।

प्रतिपक्षी सांसदहरुले बजेटमा उल्लेखित केही विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित रहेर लोकप्रियताका लागि ल्याइएको आरोप लगाएको सन्दर्भमा मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘इन्डक्सन चुलो’ वितरण गरेर ‘भोट साट्न खोजेको’ आरोप लगाइएको तर्फ केन्द्रित हुँदै उनले भने, ‘यो निर्वाचनसँग सम्बन्धित कुरा होइन । प्रतिपक्षलाई पनि सँगै लगेर बाँडौँला । भोट साट्ने कुरा छैन, ढुक्क हुनुभए हुन्छ ।’

उनले पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताए । उनले शिक्षामा सरकारले बजेट बढाएको तर्क गर्दै हरेक युवालाई सीपयुक्त बनाउने कार्यक्रम ल्याइएको बताए । उनले भने, ‘१२ कक्षा पढ्दा पढ्दै सिप सिकाएर बजारमा काम गर्न सक्ने बनाउने कुरा छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *