अहिलेको लडाइँ पदका लागि होइन : प्रचण्ड

 ग्लोबल टिभि      सोमवार, माघ २६, २०७७      0

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेको लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताएका छन्।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको लडाइँ पदको लागि नभएको भन्दै विचार, सिद्धान्त, प्रणालीको तथा अग्रगमन र प्रतिगमनको भएको बताएका हुन्।

प्रचण्डले आफुहरु पदको लागि नै लडाई गरिरहेको अफवाह ओली पक्षले फैलाएको भन्दै अफवाहका कुनै सत्यता नरहेको तर्क गरोका छन् ।

अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै प्रचण्डले ओली जनताबाट टाढिएको दाबी गरे। पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको उनले बताए ।

प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेको उल्लेख गरे । माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने उहाले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *