ग्लोबल टिभि
0
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीले नारायणहिटी अघि भएको सभा पञ्च¥यालीको पुनरावृत्ति भएको बताए। सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै तीन लाख मानिस उतार्ने बताए पनि २०–२५ हजार मानिसहरु मात्रै आएपछि ओली समूहका नेताहरु निराश भएर एक अर्कालाई आरोप लगाएर बसेको समेत उनले बताए ।
उनले संविधान र लोकतन्त्र बचाउनका लागि अहिलेको लगाई भएको र त्यसैका लागि आफुहरु जनतामाझ गएको जिकिर गरे।
कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुले सरकारले संविधान कुल्चने काम गरेको र लोकतन्त्रका उपलव्धीहरुलाई नै धरापमा पार्ने काम गरेकाले आफुहरु संघर्षमा जानु परेको धारणा राखेका थिए ।
Post Views: 1,352
Leave a Reply