कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु हुँदैन : कोइराला

 ग्लोबल टिभि      सोमवार, माघ २६, २०७७      0

नेपाली कांग्रेसका महामन्त्री शशाक कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् ।

सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् ।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उहाँको भनाई छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उहाँले बताउनुभयो । महामन्त्री कोईरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *