भक्तपुरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालका लागि आर्थिक अभाव हुँदैन् – अर्थमन्त्री पौडेल

 ग्लोवल टि.भी.      मङ्लबार, माघ २७, २०७७      0

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालको विस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका( १ दुवाकोटमा विस्तार गर्न लागिएको निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायबाट बाधा नहुने बताएका हुन् ।

उनले वीरसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताए । आगामी ६ महिनाभित्रमा बिजुली पानी तथा अत्यावश्यक सेवा उपलब्धसमेत उनले बताए । उनले सडक डिभिजन, विद्युत् प्राधिकरण, खानेपानी तथा अन्य निकायका सचिव तथा सम्बन्धित न्याम्स तथा वीरका पधाधिकारीलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि ६ महिनाभित्र प्रगति प्रतिवेदन पेस गर्न आग्रह गरेका थिए ।

अर्थमन्त्रीसँगै स्थलगत अवलोकनमा पुग्नु स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले वीर अस्पताल जस्तो ठूलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरू तत्पर भएर लागेको बताए । उनले दुवाकोटबासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गरे । विस्तारित वीर अस्पतालको कामले छिटोभन्दा छिटो थालनी पाउने उनले बताए ।

चाँगुनारायण नगरपालिका-१ मा विस्तार हुन लागेको वीर अस्पतालको लागि सरकारले न्याम्सको नाममा ५७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्था तथा ल्याव बन्ने छन् । जसका लागि सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको भए पनि चिनियाँ कम्पनीले भने ढल पानी विद्युत् बाटोलगायत कुनै पनि भौतिक पूर्वाधारविना आफूहरू काम गर्न नसक्ने भनी पन्छिएपछि एक वर्षदेखि काम यतिकै थाँती रहेको थियो ।

स्थलगत अवलोकनमा अर्थ मन्त्री, स्वास्थ्य मन्त्री , स्वास्थ्य राज्य मन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य सचिव, न्याम्सका उपकुलपति, चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय निकाय पदाधिकारी पुगेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *