कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, कात्तिक २१ गतेका लागि तय

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक १३, २०७७      0

काठमाण्डौं ।  नेपाली कांग्रेसले यहि कात्तिक २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ति जारी गरि
केन्द्रीय कार्यसमितिको बैठक कात्र्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने  जानकारी दिए ।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि बिज्ञप्तिमा उल्लेख छ ।
यस अघि कोरोना कहरका कारण केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको थियो ।

Image may contain: text that says "नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल नेपाल কা্ারায় कार्तिक १३, २०७७ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २१ गते शुक्रबार दिनको बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ पार्टीको आगामी ૧४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ နගuda कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन (००९७७-१) ५१८३२६३ /५१-२२६४/४१-२२६५ फ्याक्स ५१८३२६६ -mail: info@nepalicongress.org Internet Access: http://www.nepalicongress.org"

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.