काठमाडौँ । नेकपाको दाहादनेपाल समूहको र्यालीले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
दाहाल-नेपाल समूहले बिहान ११ बजे राजधानीका ५ स्थानबाट निकालेको जुलुस आमसभास्थल भृकुटीमण्डप जाँदैछ। त्यसक्रममा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जुलुस निकालिएका क्षेत्रतर्फ यातायातका साधन प्रवेशमा प्रहरीले रोक लगाएको छ । ती क्षेत्रमा जान नपाएका सवारी साधन अन्यत्रै जाँदा ट्राफिक जाम अचाक्ली बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको दाहाल(नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरिरहेको हो ।
जुलुस निस्किएपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ।
साना सवारीसाधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
Leave a Reply