दाहाल–नेपाल समूहको विरोधसभामा १५ नेताले बोल्ने तय

 ग्लोवल टि.भी.      बुधबार, माघ २८, २०७७      0

काठमाडौं । प्रचण्ड– माधव समूहको नेकपाले काठमाडौं आयोजना गरेको विरोधसभामा १५ जना नेताले बोल्ने तय भएको छ ।

अध्यक्षद्धय प्रचण्ड र माधव नेपालसहित सचिवालयका चारै जना नेताले बोल्दैछन् । सभामा महिला नेतृत्रय रामकुमारी झाँक्री, अमृता थापामगर र अञ्जना विशंखेले बोल्ने तय भएको छ । त्यसैगरी प्रदेश २ बाट रामचन्द्र झाले बोल्नेछन् । मुस्लिम समुदायका नेता महफुज अन्सारी र थारु समुदायका नेता सन्तकुमार चौधरीले बोल्नेछन् ।

त्यसैगरी स्थायी कमिटी सदस्य भीम रावल, देव गुरुङ र जनादर्न शर्मा र रघुजी पन्तले पनि बोल्ने तय भएको छ । आजको विरोध कार्यक्रम लीलामणि पोखरेलले सञ्चालन गर्नेछन् ।

नेकपाका अन्य चर्चित नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूले भने आजको विरोधसभामा बोल्ने कार्यक्रम छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *