जनताले आवश्यक परे सिंहदरबार घेर्छन् –प्रचण्ड

 ग्लोवल टि.भी.      बुधबार, माघ २८, २०७७      0

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परेमा जनताले अब सिंहदरबार घेर्ने बताएका छन् ।

राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध जनताले सिंहदरबार र बालुवाटार घेर्ने बताएका हुन् ।

‘केपी ओलीजी देख्नुभयो सभा कस्तो हुन्छ । जनताले तपाईंको चरित्र बुझेका छन् । अब तपाईंले आफ्नो कदम सच्याउनुभएन भने जनताले बालुवाटार र सिंहदरबार घेर्नेछन्,’ उनले भने ।

सर्वोच्च अदालतले अब छिट्टै संसद पुनर्स्थापनाका पक्षमा फैसला गर्ने उनले विश्वास व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *