निर्वाचन आयोगलाई खुट्टा नकमाउन दाहालको आग्रह

 ग्लोबल टिभि           0

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुट्टा नकमाउन निर्वाचन आयोगलाई सचेत गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा गएर धम्क्याएको भन्दै उनले खुट्टा नकमाउन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको बताए । ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क भएको भन्दै उनले भने, संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँछ, खेलाँची नठाने हुन्छ ।’

उनले प्रधानमन्त्रीले भनेअनुसार गर्न सजिलो नठान्न पनि निर्वाचन आयोगलाई सचेत गराए । ‘कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने कोशिस कसैले नगरे हुन्छ’ प्रचण्डले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *