ओलीले मन्त्री बनाएका दुई जना आफ्नो समूहतर्फ आउन लागेको प्रचण्डको दाबी

 ग्लोवल टि.भी.      बुधबार, माघ २८, २०७७      0

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् ।

ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने ।यो सबै देखेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान आग्रह गरे ।

‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ उनले भने ।

प्रचण्डले आफूहरुले नेपाली जनतालाई नै भगवान मानेको बताए । ‘हाम्रो भगवान नेपाली जनता हो । हामी तपाईको शरणमा छौं’ उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *