काठमाडौं । विभिन्न चार राजनीतिक दलहरुले सरकार विरुद्ध संयुक्त संर्घषका कार्यक्रम र अवधारणा सार्वजनिक गर्ने भएका छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा(क्रान्तिकारी माओवादी) नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेले नेतृत्व गरेको नेकपा र विश्वभक्त दुवाल आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी पार्टी, नेपाल ले संयुक्त रुपमा संघर्षका कार्यक्रम र अवधारणा गर्ने भएका हुन् । चार दलको संयुक्त मोर्चाले काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच संयुक्त अवधारणा र संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी दिइएको छ ।
कार्यक्रमको समय मध्यान्ह साँढे १२ बजे तोकिएको छ । साथै मोर्चाले कार्यक्रममा उपस्थित हुन् सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीलाई अपिल गरेको छ । चार दलको संयुक्त कार्यक्रमलाई धेरैले चासो र महत्वका साथ हेरेका छन् ।
Leave a Reply