समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य लिएर मुलुक अघि बढिरहेको छ : प्रधानमन्त्री

 ग्लोबल टिभि      बिहिबार, माघ २९, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य लिएर नयाँ अठोटका साथ मुलुक अघि बढिरहेको बताएका छन् ।

बिहबिार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उनले मुलुकको गन्तव्य भेट्न पनि अनुगमन मूल्याङकन जस्ता कार्यक्रमले मुख्य भूमिका खेल्ने बताए।

प्रधानमन्त्री ओलीले सुखी नेपाली हुनका लागि अधिकार, सामाजिक न्याय र समानता तथा निर्भय वातावरण हुनुपर्नेमा जोड दिए ।

उनले सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियामक निकायले नियमन, अनुगमन गर्नुपर्नेमा पनि जोड दिए।

प्रधानमन्त्री ओलीले मुलुकले अङ्गीकार गरेको सदुपयोगको सिद्धान्तअनुसार जमीन, पानी, खानी, जनशक्ति र बौद्धिक क्षमता तथा परम्परागत ज्ञानको सदुपयोग जरुरी रहेको धारणा राखे । सङ्घसंस्थाले गरेका कामको अनुगमन हुने भन्दै उहाले परियोजना मूल्याङ्कनसम्बन्ध कार्यक्रम लागू गर्नेलाई पनि सावधानी अपनाउन प्रेरित गर्ने जिकिर गरे।

सामाजिक क्षेत्र र समाजकल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासो आएको भन्दै पहिलो पटक रु एक करोडभन्दा मुनिका परियोजनामा विश्वविद्यालयका विद्यार्थी सहभागी गराएर परियोजना मूल्याङ्कन गर्ने कार्य प्रारम्भ गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *