तीनबुँदे माग राख्दै डा.केसीले २० औँ सत्याग्रहको घोषणा गरे

 ग्लोवल टि.भी.      बिहिबार, माघ २९, २०७७      0

प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा. गोविन्द केसीले २० औँ सत्याग्रहको घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंको माइतिघरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि निरंकुश प्रहार भएकाले त्यसको विरोध गर्नु आफ्नो मौलिक कर्तव्य भएका कारण सत्याग्रहको घोषणा गरेको डा. केसीले बताए। केसीले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने पहिलो माग अघि सारेका छन् ।
त्यस्तै अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गर्नुपर्ने उनले बताए ।

त्यसैगरि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गर्नुपर्ने समेत जानकारी गराएका छन्।

डा केसीले आम नागरिकलाई समेत यो अहिंसात्मक पहलकदमीमा साथ दिन अपिल पनि गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *