प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण

 ग्लोबल टिभि      बिहिबार, माघ २९, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् ।

बिहिबार प्रधानमन्त्री ओलीले पुर्ननिर्माण भईरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको अवलोकन गरेका हुन्। भुकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको पुर्ननिर्माण भईरहेको छ । सिंहदरबारको पुर्ननिर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले जानकारी दिए । धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको ज्ञवालीले बताए ।

धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिना भित्रै सम्पन्न गर्नेगरी काम अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *