प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध नागरिक समाजका अगुवाहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
प्रजातन्त्रवादी संघ संस्थाहरूको छाता संगठन प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने कदम सच्चाउनुपर्ने बताएका थिए ।
प्रदर्शनमा सहभागीहरुले बिधिको शासन कायम गर, प्राज्ञिक स्वतन्त्रता कायम गर, वलात्कारीलाई कारवाही गर लगाएतका प्लेकार्ड बोकेका थिए । विरोध कार्यक्रममा डा गोविन्द केसीले संसद विघटन गरेर ओलीले नागरिक अधिकार खोसेको आरोप लगाए । आफ्नो स्वार्थका लागि मुलुकलाई नै संकटमा ढकेल्ने प्रयास भएको भन्दै उहाले ओलीको कदम सच्चिनुपर्ने धारणा राखे ।
त्यस्तै प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले प्रधानमन्त्रीले संविधान मिचेर गैरकानुनी काम गरिरहेको बताए।
प्रदर्शनमा चिकित्सक, कानुन व्यवसायी, शिक्षक, लगाएको सहभागिता रहेको छ ।
Leave a Reply