आज ओली समूहको बुटवलमा शक्ति प्रर्दशन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

 ग्लोबल टिभि           0

काठमाडौँ । नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओली लगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन्। सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

माघ २८ मा दाहाल-नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेकै दिन मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्चालमा एकै प्रदेशको विशाल सभा कस्तो हुन्छ हेर्न बुटवल आउनु भन्दै कटाक्ष गरेका थिए ।

मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्‍यालीले नगर परिक्रमा गर्नेछ ।

सभामा रूपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित छ । ओली पक्षधरहरू चुनावी पक्षमा जनलहर देखाउन शक्ति प्रदर्शन गरिरहेको छ भने दाहाल(नेपाल समूह चुनावलाई चुनौती दिँदै प्रतिनिधिसभा पुनर्स्थापित हुन पर्ने मागसहित संघर्षमा छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *