सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्नुपर्छ : गृहमन्त्री खाण

 ग्लोबल टिभि      शुक्रबार, असार १७, २०७९      0

असार १७-गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा मन्त्री खाँणले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता धेरै दुरुपयोग भइरहेको बताए । उनले ७५३ मध्ये बाँकी एकस्थानीय तहमा पनि यही महिनाभित्र बैंक पुग्ने जानकारी दिए ।

बैठकमा नेकपा (एमाले) की सांसद विमला विकले कुमारी आमालाई पनि एकल महिलाको रुपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताए । उनले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता आवश्यक रहेको बताए ।

नेकपा (एमाले) का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउनेतर्फ सचेत गराए । उनले श्रम गर्नसक्नेहरूलाई आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पत्ति हुनको नाम सार्वजनिक गर्नुपर्ने बताए । उनले धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *