सरकारको प्रतिगमनकारी कदमविरुद्ध नागरिक समाजको प्रदर्शन

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन १, २०७७      0

अहिंसात्मक नागरिक प्रर्दशनको नाममा शनिबार पनि काठमाण्डौको माईतिघर मण्डलामा सरकारको प्रतिगमनकारी कदम विरुद्ध नागरिक समाजको प्रतिनिधिले प्रर्दशन गरेका छन् ।

प्रतिनिधिसभा मार्न पाईदैन, निरंकुश सरकार चाहिदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माईतिघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

संबैधानिक निकायको कब्जा बन्द गर, संबैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *