उत्तरी सीमानाका सहज बनाउन तत्काल पहल गरः कांग्रेस

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २, २०७७      0

नेपाली कांग्रेसले चिनसँगको मुख्य व्यापारिक नाका केरुङ पूर्ण रुपमा सञ्चालनका लागि पहल थाल्न सरकार समक्ष आग्रह गरेको छ । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङबाट आयात तथा निर्यातलाई सहज तुल्याउन नसक्दा नेपाली नागरिक तथा व्यवसायी मारमा पर्दै आएका छन् ।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै यो नाका सहज सञ्चालनका लागि तत्काल पहल गर्न माग गरेको हो । ‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भिनिएको छ, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’

०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा रहेको काँग्रेसले जनाएको छ । यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको काँग्रेसको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *