
नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भागरथी भट्टको हत्यारालाई तत्काल कारवाहिको माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथी लगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो ।
प्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे । महामन्त्री दिपक भट्टराईले यस्ता घटनाहरु पटक-पटक दोहोरिरहँदा सरकारले कारबाहीको लागि कुनै प्रक्रिया नै नथालेको आरोप लगाए ।
बारम्बार बलात्कार र हत्याका घटनाहरु दोहोरिरहेका छन्, सरकार कसैलाई कारबाही गर्दैन’ भट्टराईले भने, ‘अपराधी खोज्न कतै जान पर्दैन केपी ओलीका आमसभामा नारा लाइरहेका भेटिन्छन् ।’
विद्यालयबाट घर फर्केकी भागरथीको स्थानीय जङ्गलमा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान जारी राखेपनि हालसम्म घटनामा संलग्नको पहिचान भएको छैन ।

Leave a Reply