माओवादीको केन्द्रीय समिति बैठक बस्दै

 ग्लोबल टिभि      बिहिबार, असार २३, २०७९      0

असार २३- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।

मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि बुधबारको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन समिति गठन, संसद बैठकलगायतले बिहीबारका लागि सारिएको थियो।

प्रज्ञा भवन कमलादीमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार र सोमबार केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।

यस्तै, पूर्वस्थायी समितिले दिएको जिम्मेवारीअनुसार अध्यक्ष प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।

गत पुसमा आठौं महाधिवेशन सकेको माओवादीले अहिलेसम्म पदाधिकारी टुंग्याउन सकेको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *