पहिला पार्टीभित्रको विवाद समाधान अनि निर्वाचन: प्रचण्ड–माधव ‘समुह’

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २, २०७७      0

नेकपा प्रचण्ड–माधव समुहले दलभित्रको विवाद समधान नभई निर्वाचन असम्भव भएको बताएका छन् । निर्वाचन आचारसंहिताका विषयमा छलफलका लागि निर्वाचन आयोगले दलहरुलाई आइतबार आयोगमा बोलाएका छन् ।

छलफल जारी रहँदा नेकपा प्रचण्ड–माधव समूहका नेता लिलामणी पोखरेल निर्वाचनको विपक्षमा फरक मत जाहेर गर्दै बाहिरिएका छन् । पहिले दलभित्रको विवाद समाधान अनिमात्र निर्वाचन भन्दै उनी बाहिरिएका हुन् । ६४ प्रतिशत बहुमत प्राप्त नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान नभइ निर्वाचन हुनै नसक्ने पोखरेलको तर्क थियो ।

छलफलमा मुख्य विपक्षीदल नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव समूह, केपी ओली समूह, जसपा लगाएतका अन्य साना राजनीतिक दलका नेताहरु अहिले पनि छलफलमा जुटिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *