प्रतिनिधी सभा विघटनविरुद्ध कर्णालीका पत्रकार सडकमा आएका छन्। प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् ।
संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरुले संयुक्त विरोध ¥याली निकालेर प्रर्दशन गरेका हुन् ।
वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै पिपलचौतारा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले ‘असंवैधानिक कदम खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, पेसागत एकता जिन्दावाद’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर, प्रेसप्रतिको धम्की बन्द गर, संविधानको रक्षा गर,’ लगायत लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेका छन् ।
असंवैधानिकरुपमा गरिएको संसद विघटनको प्रतिगामी कदम र प्रेस स्वतन्त्रता विरोधी हर्कतहरूका विरुद्ध एउटै व्यानरमा आन्दोलन गरिएको प्रेस संगठन कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले पुष ५ गते संसद विघटन गरेकी थिइन् ।
Leave a Reply