ग्लोबल टिभि
0
नेपाली कांग्रेसका युवा नेता एवं तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई हृदयाघात भएको छ । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेस कालिकोटका नेता शाहीलाई गएराति ११ बजे हृदयाघात भएको उनकी श्रीमति शान्ती शाहीले जानकारी दिइन् ।
राति ११ बजे हृदयाघात भएका शाहीलाई महाराजगञ्जस्थित मनमोहन अस्पतालमा लगेलगत्तै मध्यराति अप्रेशन भएको थियो । अप्रेशन सफल भएको र अहिले शाहीको स्थिति खतरामुक्त रहेको शाहीले बताइन् ।
अप्रेशन सफल पश्चात शाहीको अझै ४८ घण्टा आइस्युमा राखेर उपचार हुने अस्पताल स्रोतले जनाएको छ ।
Post Views: 1,549
Leave a Reply