ग्लोबल टिभि
सोमवार, फाल्गुन ३, २०७७
0
डम्बर चौलागाईं , दोलखा ।
प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ ।
पुस १३ बाट चरण वद्धरुपमा आन्दोलित दोलखा कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा सदरमुकाम चरिकोटकोमा विरोध प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेसका केन्दीय सदस्य गुरु घिमिरेले ओलीको अवैधानिक कदम जसरी पनि सच्चिनु पर्ने बताएका छन ।
नेपाली कांगे्रसका पार्टी सभापति रुद्रबहादुर खड्काको सभापतित्वमा भएको बिरोध सभालाई नेता तारा बहादुर कोईराला, देविप्रसाद न्यौपाने, ,ईश्वर मानन्धर, बालकृष्ण आचार्य,महिला नेतृ गिता शिवाकोटी, महेश काफ्ले, दावा साँङगे शेर्पा, तेजबहादुर बिश्वकर्मा लगायतले सम्बोधन गरेका छन ।
Post Views: 1,551
Leave a Reply