ग्लोबल टिभि
सोमवार, फाल्गुन ३, २०७७
0
नेपाली कांग्रेसले सोमबार ७७ जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधी सभा विघटन विरुद्व कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत सोमबार विरोध प्रदर्शन र सभा गरेको हो ।
काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको विरोधसभा अघि विभिन्न भागबाट जुलुस सहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए ।
असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको ¥याली विरोध सभामा परिणत भएको थियो । सभामा कांग्रेसका नेताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतन्त्र खतरामा परेको धारणा राखेका थिए । कांग्रेस नेता अर्जुन नरसिंह केसीले निर्वाचनका निम्ती कांग्रेस तयार भएपछि संसद बिघटन गर्ने कदम भने संविधानमाथिको आक्रमण भएको बताए।
Post Views: 1,199
Leave a Reply