ग्लोबल टिभि
0
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल –माधवकुमार नेपाल समुहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले तीन वर्षको अवधिमा कुनै प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको प्रशंशा एकतर्फी रुपमा गर्दै हिड्नुले उनको असफलता प्रकट भएको नेता पौडेलको भनाई छ । प्रधानमन्त्री ओली आत्मरति गर्दै हिडेपनि तथ्य तथ्यांकहरुले भ्रष्टाचार र अनियमितता निकै मौलाएर गएको बताएका छन् । सरकारले निर्वाचनको बेलामा घोषणा गरेको जेष्ठ नागरिकलाई पाँचहजार भत्ताको विषय नीति कार्यक्रम र बजेटमा हाल्न नसकेको उनको भनाई छ ।
Post Views: 1,190
Leave a Reply