काँग्रेस नेता एनपी साउद माथि नेकपा ओली समूहका कार्यकर्ताको आक्रमण

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ४, २०७७      0

काठमाडौँ । नेकपा ओली समूहका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदमाथि आक्रमण गरेका छन् ।  बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका साउदलाई नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

साउदमाथि आक्रमण गर्ने नेकपा ओली समूहका मुकेश पाल भएको बताइएको । उनी नेकपा ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ । आक्रणपछि साउदको खुट्टामा सामान्य चोट लागेको साउदका स्वकीय सचिवले ग्लोबल टेलिभिजनलाई जानकारी । पाल नेतृत्वको टोलीले ढुंगामुढाले आक्रमण गरेको बताइएको छ । नेकपा नेता कार्यकर्ताले नेता साउदमाथि आक्रमण गरेपछि आमसभा नै विथोलिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *