साउँदमाथि भएको आक्रमण विरुद्व नेविसंघको प्रदर्शन

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन ५, २०७७      0

बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउँदमाथि भएको आक्रमण विरुद्व नेविसंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आरआर क्याम्पसका बिद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दे दोषीमाथि कारवाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । मंगलबार बैतडीमा साउँद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए ।

बिरोध प्रदर्शनमा सहभागीहरुले सरकार बिरोधी नारा लगाएका थिए । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *