काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारको ज्याजदीका विरुद्धमा आज सडक प्रर्दशन गर्ने जनाएको छ । सरकारले आफ्ना नेता कार्यकर्तामाथि अनावश्यक धरपक्कड गरेको तथा झुठो मुद्दा लगाइ फसाउने षड्यन्त्र गर्न खोजेको भन्दै प्रर्दशन गर्न लागेको नेविसंघले जनाएको छ ।
र केन्द्रीय समितिको आयोजनामा आइतवार दिउँसो २ बजे प्रर्दशनी मार्गमा विरोध प्रर्दशन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल विद्यार्थी संघले विद्यार्थी नेताहरुलाई झुठ्ठा मुद्दामा फसाउने षडयन्त्र विरुद्ध, कोरोना पिडित जनता प्रति सरकारको उदासिनता विरुद्ध तथा कोरोनाका नाम मा भएको भ्रष्टाचारका विरुद्धमा प्रर्दशन गर्न लागेको बताइएको छ ।
एक जना त्रिविका प्रध्यापक माथि आक्रमणको आरोपमा कैलालीको अत्तरियाबाट बुधबार शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई प्रहरीले पक्राउ गरेको छ । ओझा उक्त घटना भएको तीन दिन अगावै दशै मान्न कैलालीको अत्तरिया पुगिसकेका बुझिएको छ ।
Leave a Reply