सबै राजनीतिक दल एउटै नभएको प्रचण्डको टिप्पणी

एउटा वैज्ञानिक ढंगले काम गर्नुपर्छ भनेर बल गर्ने अर्को परम्परागत सोच्ने खालका छन्

 ग्लोबल टिभि      बिहिबार, असार ३०, २०७९      0

असार ३०-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै राजनीतिक दल एउटै नभएको टिप्पणी गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीहरू बाहिरी आवरणमा एउटै देखिए पनि धेरै ठुलो भिन्नता रहेको बताए ।

‘सबै राजनीतिक दल एउटै छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको छ । त्यो बढो डरलाग्दो छ । सबै दलहरु उस्तै छैनन्’ प्रचण्डले भने, ‘त्यहाँ बहस र छलफल छ । त्यहाँ दुई खालका प्रवृत्ति र दुइ खालका विचार छन् । एउटा वैज्ञानिक ढंगले काम गर्नुपर्छ भनेर बल गर्ने अर्को परम्परागत सोच्ने खालका छ ।’ एमालेप्रति लक्षित गर्दै प्रचण्डले कतिपय दलहरु संघीयता खारेज गर्नुपर्छ भन्दै खुलेआम बोल्न थालेको बताए । अहिलेका परिवर्तनका सबै मुद्धा उल्ट्याएर मुलुकलाई निरंकुशतातिर लग्न खोजिएको प्रचण्डको भनाई छ । बरु संघीयतालाई बलियो बनाउन संविधान बमोजिम ऐन कानुन बनाउन लाग्नुपर्ने उनले बताए ।

संविधान बनाउने अवस्थालाई स्मरण गर्दै प्रचण्डले कतिपय नेताहरुले के भाउँतो ल्याएका होलान् भन्दै प्रदेश र स्थानीय तहको संरचना बनाउँदा भन्ने गरेको बताए । ‘हिजो एकथरी साथीहरुले नेपालमा गणतन्त्र नेपालमा सम्भव छैन भन्ने ठान्थे । संविधान बनाउने क्रममा ती पार्टीका नेताहरु हमेशा सशंकित हुन्थे’ स्मरण गर्दै प्रचण्डले भने, ‘के भाउँतो ल्याएका होलान् । जाने मानेको गाविस ठिकै थिए । वडाहरू ठिकै थिए । सेन्टलाइज सिस्टम नै ठिकै थियो भन्ने लागि नै राखेको थियो ।’ संविधान बनाइसकेपछि ऐन बनाउने क्रममा प्रदेश र स्थानीय तहमा पनि त्यस्तै अप्ठ्यारो भइरहेको प्रचण्डले बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *