उपराष्ट्रपति पुनले नै भने संसद विघटन असंवैधानिक

 ग्लोबल टिभि      बुधबार, फाल्गुन ५, २०७७      0

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनका कारण मुलुक राजनीतिक संकटतर्फ धकेलिएको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका हुन ।

प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको उनले बताए ।

उनले संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रतिनिधिसभा भंग हुनु गलत भएको र यसले राजनीतिलाई सही दिशामा नलैजाने तर्क गरे ।

उपराष्ट्रपति पुनले संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने धारणा राखे ।

पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने जिकिर गरे ।

उनले संविधानको संरक्षण र पालना सवै संघसंस्था र नागरिकको कर्तव्य भएको बताए ।

 

कार्यक्रममा महासंघले एक लाख रासीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष डाक्टर सुरेश आचार्यलाई प्रदान गर्ने गरेको छ ।

त्यस्तै ५० हजार राशिको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पाराई र ५० हजार राशिको कृष्णसेन इन्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरिएको छ ।

१० हजार राशिको उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ भने १० हजारकै गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार राम भरत शाह र मुना हमाललाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट शाखालाई पनि सम्मान तथा पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *