भागरथी भट्टको परिवारलाई काँग्रेस नेताहरुले भेटेर सान्त्वना दिए

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन ५, २०७७      0

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको परिवारलाई सहानुभुति दिन नेपाली काँग्रेसका नेताहरु घरमै पुगेका छन् । बैतडीको दोगडाकेदार स्थित घरमै पुगेर काँग्रेस नेताहरुले परिवारलाई सहानुभुति प्रदान गरेका हुन् ।

काँग्रेस नेताहरु एनपी साउद, डाक्टर डिला संग्रौला, बहादुर सिंह थापा, नैनसिंह महर लगायतका नेता तथा कार्यकर्ताहरु भट्टको घर पुगेर सान्त्वना दिए ।
सो क्रममा काँग्रेस नेताहरुले भट्टको परिवारलाई आर्थिक सहयोग पनि गरेका थिए ।

गत माघ २१ गते विद्यालय गएकी भट्ट सो दिन नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । त्यसको भोली पल्ट भट्ट मृत अवस्थामा भेटिएकी थिइन । प्रहरी अनुसन्धानपछि उनको बलात्कार पछि हत्या गरिएको खुलेको थियो ।

भट्टको हत्याको आरोपमा प्रहरीले बुधवार मात्रै उनकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई सार्वजनिक गरेको छ । भट्टको हत्या पुरानो रिसीईबीका कारण भएको बताइए पनि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *