मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै दाहाल–नेपाल समूह

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन ६, २०७७      0

काठमाडौं । नेकपा (दाहाल नेपाल समूह)ले विहिबार मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै विहिबार अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि दाहाल नेपाल समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।

भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ताहरु रहने छन् । यो समूहले फागुन ७ गते सबै वडामा विरोध कार्यक्रमको आयोजना गरेको छ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ग्लोवल टेलिभिजनलाई जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *