मातृभूमिको माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आयो –पूर्वराजा शाह

 ग्लोबल टिभि           0
Former King Gyanendra Shah speaking at a press conference before leaving the Narayanhiti Palace, 14 days after the nation was declared Republic, on June 11, 2008. Photo: THT/ File

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले निशेष र विभेदको राजनीति शुरु भएको समेत आरोप लगाएका छन् ।

‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेष र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’ पूर्वराजाद्वारा जारी सन्देशमा भनिएको छ ।

उनले प्रजातन्त्रको सिद्धान्त अनुरुप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै बिषयमा बिबाद, द्धन्द्ध र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’

यस्तो छ शुभकामना सन्देश

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *