संघीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै होः सभापति देउवा

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन ७, २०७७      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसको शुभकामना दिदै संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्नेछ विश्वास लिएको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले संघीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै भएको बताएका छन् ।

विज्ञप्ति
फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

७० बर्ष अघि २००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो ।

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२(६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो । अतः ऐतिहासिक त्यो घडी संभव तुल्याउने सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गर्दछु ।

संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *